मन्त्रिपरिषद् बैठक सारियो, आज बेलुकी ६ बजे बस्ने
काठमाडौं । मन्त्रिपरिषद् बैठक ६ बजेका लागि सारिएको छ। आज तीन दलका शीर्ष नेताको भेटवार्तापछि ५ बजेका लागि बोलाइएको बैठक ६ बजेका लागि सारिएको हो।
आजको नियमित बैठक हो। सङ्क्रमणकालीन न्याय टीआरसी सँग सम्बन्धित विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेता अहिले सिंहदरबारमा छन्। यसबारे पनि मन्त्रिपरिषद् बैठकमा छलफल हुन सक्ने बताइएको छ।
सत्ता साझेदार दुई दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल गरिरहेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment