नेपाल र इन्डोनेशियाबीच द्विपक्षीय हवाई सम्झौता प्रक्रिया अघि बढाइएको छ : मन्त्री पाण्डे
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्नमन्त्री बद्री पाण्डेले नेपाल र इन्डोनेशियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने प्रक्रिया अघि बढाएको बताएका छन्।
सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री पाण्डले नेपाल र फ्रान्सबीच द्विपक्षीय हवाई सम्झौता र समझदारीपत्र संशोधन कार्य अगाडि बढाएको भन्दै इन्डोनेशियासँग पनि द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने प्रक्रिया अघि बढेको जानकारी दिए।
उनले नेपाल एयरलाइन्सलाई बलियो बनाउनुको विकल्प नरहेको भन्दै यसका लागि थप जहाज खरिद गर्नुपर्ने धारणा राखे। मन्त्री पाण्डले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक गरी दुई निकायमा विभाजन गर्ने सम्बन्धी विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भई आगामी चैत्र १४ गते प्रतिनिधि सभामा प्रस्तुत हुनेसमेत बताए।
गौतमबुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थल तथा पोखरा अन्तर्राष्ट्र्रिय विमानस्थलमा नियमित उडान सञ्चालनका सम्बन्धनमा मन्त्रिपरिषद्बाट कार्ययोजना स्वीकृत गराई लागू गरिएको उनले जानकारी दिए।
बैठकमा सांसद शिशिर खनालले नागरिक उड्डयन प्राधिकरण र वायु सेवा निगमका प्रमुख नियुक्तिका बिषयमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वपर्यटनमन्त्री प्रेम आलेमाथि समिति बनाएर छानबिन गरिनुपर्ने बताए।
त्यस्तै अन्य सदस्यहरूले विमान स्थलको पूर्वाधार विकासमा लक्ष्य अनुरुप काम हुन नसकेको बताएका थिए। समितिले जबाफदेहिता कायम गर्ने गरी काम गर्न र भइरहेका कामहरूलाई अझै प्रभावकारी बनाउन पर्यटन मन्त्रालयलाई निर्देश गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment