कांग्रेस जनप्रतिधिका राम्रा कामको प्रचार गर्नू : गगन थापा

डिसी नेपाल
११ चैत २०८१ १९:०६
84
Shares

इटहरी । नेपाली कांग्रेस महामन्त्री गगन थापाले जनतप्रतिनिधिले गरेका राम्रा कामको प्रचारगर्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

सुनसरीको इनरुवामा आयोजीत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले काम मात्र गरेर नहुने र प्रचारपनि ध्यान दिनुपर्ने बताए।

थप स्पष्ट पार्दै उनले भने, ‘ठिक ढंगले प्रचार गर्न सकिएन भने कामको बारेमा जनताले थाहाँ पाउँदैनन्। त्यसको घाटा पार्टीलाई पर्ने भएकाले प्रचारमा ध्यानदिनुपर्छ। जनप्रतिनिधिले आफ्नो क्षमता र बाध्यताको बारेमा पार्टीमा संवाद गर्न जरुरी छ। संवाद र छलफलले मात्र संगठन मजबुत हुन्छ।’

संविधान भित्र रहेर जनताको अपेक्षा पुरागर्न सकिने बताउँदै उनले सुशासनको प्रत्याभुति दिलाउन सरकार अग्रसर हुनेपर्ने धारणा राखे। कांग्रेसकै कारण संघियता र गणतन्त्र आएको स्मरण गराउँदै गणतन्त्रको पक्षमा बोल्दा आफुले राजद्रोहको मुद्दा लागेको अनुभव सुनाए।

काँग्रेस गणतन्त्र र संघियताप्रति एक इन्चपनि दायाँबायाँ नहुने थापाले बताएका छन्। महामन्त्री थापाले भने, ‘नेपाली कांग्रेस विभाजन हुँदा नेपाली काँग्रेस र काँग्रेस प्रजातान्त्रीक दुई पार्टी भयो। गिरिजा प्रसाद कोइराला नेतृत्वको नेपाली काँग्रेसले काठमाण्डौमा मात्र विकास भयो अब विकेन्द्रीकरणमा जानुपर्ने भन्दै प्रदेशको अवधारणा विकास गर्यो। शेरबहादुर देउवा नेतृत्वको काँग्रेस प्रजातान्त्रीकले नेपाललाई संघियतामा लैजाने निर्णय गरेको हो। त्यसैले संघियता काँग्रेसको अवधारणा हो। यो सहि ढंगले चलेको छैन तर चलाउन सकिन्छ। त्यसमा काँग्रेस दृढ संकल्पीत छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *