कुलमानलाई हटाउनु गलत, सरकार उल्टो बाटोमा हिड्यो : गगन थापा

डिसी नेपाल
११ चैत २०८१ २२:३३
4.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको प्रति असन्तुष्टि जनाएका छन्।

सरकारले आजको मन्त्रिपरिषद् बैठकबाट घिसिङलाई जिम्मेवारीबाट हटाउँदै हितेन्द्रदेव शाक्यलाई जिम्मेवारी दिएसँगै थापाले विरोध जनाएका हुन्।

‘आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने, सरकार चाही आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने? हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो। तर, विडम्बना त्यो भएन। निर्णय गलत छ, सरकार। उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *