प्रधानमन्त्रीकाे बारेमा गलत डिस्प्ले देखाएकाे भन्दै भरतपुर विद्युतका हाकिममाथि आक्रामण

डिसी नेपाल
१२ चैत २०८१ १४:५५
1.4k
Shares

चितवन। नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि आक्रमण भएको छ।

केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा आपत्तिजनक शब्द राखिएको भन्दै अज्ञात समूहले केन्द्र प्रमुख श्रेष्ठमाथि आज बिहान कार्यकक्ष भित्रै आक्रमण गरेको हो।

आक्रमणबाट कम्प्युटर, टेबल लगायतका सामान फुटेका छन्। १३-१४ जनाको समूहले प्रमुख श्रेष्ठमाथि आक्रमण गरेको विद्युतका कर्मचारीहरुले बताएका छन्। कर्मचारीहरुले संयुक्त विज्ञप्ति जारी गरि घटनाको निन्दा गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *