काभ्रे जिसस प्रमुख दीपक गौतम पक्राउ
काठमाडौं । काभ्रे जिल्ला समन्वय समिति प्रमुख दीपक कुमार गौतम पक्राउ परेका छन्। प्रहरीले गौतमलाई बैंकिङ कसुर मुद्दामा काठमाडौंबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनलाई बानेश्वर प्रहरी वृत्तमा राखिएको छ। उनी नेकपा एकीकृत समाजवादीका नेता एवं अखिलका पूर्वकेन्द्रीय अध्यक्षसमेत हुन्।
गौतमविरुद्ध काभ्रेमा बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेका थिए। विस्तृत विवरण प्राप्त हुन बाँकी छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment