प्रचण्डले खोजे देउवा र ओलीको साथ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन एक हुनुको विकल्प नरहेको बताएका छन्।
बिहीबार काठमाडौंमा सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनमा प्रचण्डले राजनीतिक दलहरूबीच पनि शान्ति प्रक्रियाका विषयमा कुनै विवाद नरहेको भन्दै शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउनका लागि एक हुनुको विकल्प नरहेको बताएका हुन्।
उनले सङ्क्रमणकालीन न्यायको विषय राष्ट्रिय मुद्दा भएकाले यसमा अन्य राजनीतिक प्रभाव पर्न दिन नहुने जिकिर गरे। प्रचण्डले सङ्क्रमणकालीन न्यायका विषयका कुनै राजनीतिक तिक्तता बढोस् भन्ने चाहना आफ्नो नरहेको स्पष्ट पारे।
प्राविधिक, कानुनी र राजनीतिक उतारचढावका कारण शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउन ढिलाई भएको उनको भनाइ छ। प्रचण्डले नेपालको शान्ति प्रक्रिया धेरै हदसम्म आफ्नो मौलितकताअनुसार सफलताको साथ अगाडि बढिरहेको महशुस गरेको धारणा पनि राखे।
उनले पीडितहरूलाई न्याय दिने कुरालाई प्राथमिकता दिएर मात्र शान्ति प्रक्रियालाई दिगो बनाउन सकिन्छ भन्ने कुरामा कुनै अन्यौल नरहेको पनि बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment