कुलमानको रिटमा के छ?

डिसी नेपाल
१४ चैत २०८१ १४:५७
312
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हटाइएपछि कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिट दर्ता भएको छ। रिट बुधबार नै सर्वोच्चमा पुगे पनि समय अपुग भएकाले दर्ता भएको थिएन। आज अध्ययन गरेर रिट दर्ता भएको छ।

रिटमा घिसिङले आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गरेका छन्। उनले उक्त सरकारी निर्णय बदरको मागसमेत गरेका छन्।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, ऊर्जामन्त्री दीपक खड्का, प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाइएको छ। गत सोमबारको मन्त्रिपरिषद् बैठकले कुलमानलाई पदबाट बर्खास्त गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *