आठ स्थानबाट समाजवादी मोर्चाको र्‍याली : कहाँ कसको नेतृत्व?

डिसी नेपाल
१५ चैत २०८१ १२:४९
660
Shares

काठमाडौं । समाजवादी मोर्चाले काठमाडौंमा प्रदर्शन सुरु गरेको छ। मोर्चाले विभिन्न आठ स्थानबाट र्‍याली निकाल्दै भृकुटीमण्डप केन्द्रित प्रदर्शन सुरु गरेको हो।

कोटेश्वर हुँदै पूर्वबाट आउनेहरू बबरमहलमा जम्मा हुने उक्त जुलुसको नेतृत्व माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेताहरू गिरिराजमणी पोखरेल, मातृका यादव लगायतले गर्नेछन्।

ललितपुर हुँदै दक्षिणबाट आउनेहरू कुपण्डोलमा जम्मा हुने र उक्त जुलुसको नेतृत्व माओवादी नेतृ पम्फा भुसाल, यशोदा सुवेदी, जयपुरी घर्तीले गर्ने बताइएको छ।

कलंकी हुँदै पश्चिमबाट आउनेहरू त्रिपुरेश्वरमा जम्मा हुने र उक्त समूहको नेतृत्व माओवादी उपमहासचिव जनार्दन शर्माले गर्ने र उनसको साथमा अञ्जना विसंखे, शालिकराम जम्मकट्टेल, देवेन्द्र पराजुली रहने छन्।

बालाजु हुँदै उत्तर पश्चिमबाट आउनेहरू सोह्रखुट्टेमा जम्मा हुने र उक्त समूहको नेतृत्व शक्तिबहादुर बस्नेतले गर्नेछन्। उक्त मोर्चमा चक्रपाणी खनाल, देवेन्द्र पौडेल, हितबहादुर तामाङ पनि सरिक हुने छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *