बैंगलुरुले चेन्नाईलाई हरायो

डिसी नेपाल
१५ चैत २०८१ २३:३१
440
Shares

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल)को आजको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले चेन्नाई सुपरकिंग्सलाई पराजित गरेको छ। चेन्नाईमा भएको खेलमा बैंगलुरु ५० रनले विजयी भएको हो।

बैंगलुरुले दिएको एक सय ९७ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४६ रन मात्रै बनायो। चेन्नाईका रचिन रविन्द्रले सर्वाधिक ४१ रन बनाए। यस्तै रविन्द्र जडेजाले २५ तथा शिवम दुबेले १९ रन बनाउँदा महेन्द्र सिंह धोनीले ३० रन बनाए।

बैंगलुरुका जोश हेजलवुडले सर्वाधिक तीन विकेट लिए। यस्तै याश दयाल र लियाम लिभिंगस्टोनले समान दुई दुई विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बैंगलुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो। बैंगलुरुका कप्तान रजत पाटिदारले अर्धसतक बनाएका थिए। उनले ३२ बलमा ५१ रन बनाए भने फिल साल्टले १६ बलमा ३२ तथा विराट कोहलीले ३१ रन बनाए।

चेन्नाईका नुर अहमदले तीन तथा मथिसा पाथिरानाले दुई विकेट लिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *