तीनकुने घटनामा न्यायिक छानबिन आयोग गठन गर्न रास्वपाको माग

डिसी नेपाल
१६ चैत २०८१ १४:०७
408
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार तीनकुनेमा राजावादीहरूको प्रदर्शनका क्रममा भएको घटनामा उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकले काठमाडौँको तिनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा शुक्रबार घटेको घटनामा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने माग गरेको छ।

साथै, रास्वपाले आगामी चैत १८ गते केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी पार्टीको केन्द्रिय समिति बैठक समेत बोलाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *