हिंसात्मक गतिविधि गर्नेलाई माफी दिइन्न : योगेश भट्टराई
काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव योगेश भट्टराईले हिंसात्मक गतिविधि गर्नेलाई माफी नदिइने बताएका छन्। साथै उनले हिंसा भड्काउनेलाई कारबाहीको दायरामा ल्याइने बताएका छन्।
अखिल नेपाल किसान महासङ्घ काभ्रेपलाञ्चोक जिल्ला कमिटीको आज बनेपामा आयोजित सातौँ जिल्ला अधिवेशनमा उनले आन्दोलनका नाममा गरिएका हिंस्रक गतिविधिको निन्दा गर्दै सरकारले दोषीलाई कारबाही गर्ने बताएका हुन्।
उनले आन्दोलनाका नाममा निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड, लुटपाट र आगजनी गर्ने जोसुकैलाई सरकारले नियन्त्रणमा लिएर कारबाही गर्नुपर्नेमा जोड दिँदै हिंसात्मक गतिविधि गर्ने छुट कसैलाई नभएको बताए।
एमाले पोलिटब्युरो सदस्य एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले राजतन्त्र फर्कने कोरा कल्पना नगर्न सुझाउँदै देशका प्रमुख राजनीतिक दल र नेपाली जनता सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा रहेकाले यो व्यवस्थालाई सुदृढ बनाउनेतर्फ लाग्न सम्पूर्ण नेपालीलाई आग्रह गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment