तीनकुने घटनाः सन्तोष राजावादी र पशुपति खड्का पक्राउ

डिसी नेपाल
१६ चैत २०८१ २०:३१
2.2k
Shares

काठमाडौं। शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का र सन्तोष राजावादी पक्राउ परेका छन्।

प्रहरीले दूर्गा प्रसाई समूहका आन्दोलनकारी र लुटपाटमा संलग्न रहेका राजावादी र खड्कालाई शनिबार पक्राउ गरेको हो।

उनीहरु सँगै काठमाडौंको तीनकुनेमा शुक्रबार पूर्वराजाको समर्थनहरूद्वारा गरिएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म ११३ जनालाई पक्राउ गरेको छ।

पूर्वराजाको समर्थनमा भएको प्रदर्शनका क्रममा आक्रमण, तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेका र घटना घटाउन उक्साउनेसहित ११३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।

उनका अनुसार शुक्रबार एक सय पाँच जनालाई पक्राउ गरिएको थियो भने आज थप ८ जना पक्राउ परेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *