सत्ता पक्षका सांसद भौतिक आक्रमण गर्ने गरी सदनमा प्रस्तुत भएको माओवादीको आरोप

डिसी नेपाल
१७ चैत २०८१ १६:३२
796
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सत्तापक्षका सांसद भौतिक रुपमा नै हमला गर्ने गरी सदनमा प्रस्तुत भएको आरोप लगाएका छन्।

आइतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले संसदमा विपक्षी सांसदभन्दा उग्र भएर सत्तापक्ष सांसदले भौतिक रुपमा नै हमला गर्ने क्रियाकपाल गरेको आरोप लगाएका हुन्।

उनले सत्तापक्ष र प्रधानमन्त्री सदनप्रति गैरजिम्मेवार देखिएको र जटिलता थपिँदै गएको बताए। सापकोटाले देशमा देखिएको पछिल्लो घटनाका साथै आफूहरूले उठाएका मागमा गम्भीर भएर प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्नेमा प्रधानमन्त्री अल्मलिएर बसेको जिकिर गरे।

उनले सदनलाई जवरजस्ती पेलेरै अघि बढाउने तयारी भएको र नियोजित रुपमा प्रतिनिधिसभाको प्रत्यक्ष प्रसारण रोकिएको आरोप लगाए। प्रधानमन्त्रीले सदनमा जवाफ नदिएसम्म आफूहरूको विरोध कायमै रहने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *