रास्वपाद्वारा राजावादीले क्षति पुर्‍याएका भौतिक संरचनाको निरीक्षण

डिसी नेपाल
१७ चैत २०८१ १६:५५
280
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राजावादीले क्षति पुर्‍याएका विभिन्न स्थानको भौतिक संरचनाको निरीक्षण गरेको छ।

आइतबार रास्वपा कार्यवहाक सभापति डोलप्रसाद अर्याल, कोषाध्यक्ष लिमा अधिकारीलगायतको टोलीले राजावादीले क्षति पुर्‍याएको नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय, काठमाडौंको तीनकुनेको भवन आगलागीलगायतका भौतिक संरचनाको निरीक्षण गरेको हो।

जडिबुटीदेखि क्षतिग्रस्त सवै स्थानको निरीक्षण गरिएको रास्वपा कार्यबहाक सभापति अर्यालले बताए। उनले हिंसात्मक गतिविधि राजनीतिक आन्दोलन हुन नसक्ने भन्दै उक्त घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उल्लेख गरे।

अर्यालले समयमा नै राज्य चनाखो बन्न नसक्दा ठूलो धनजनको क्षति भएको बताए। यसमा सुरक्षा कमजोरी देखिएको उनको भनाइ छ।

उनले शान्ति सुरक्षामा सरकार चूकेको भन्दै आगामी दिनमा यस्ता घटना घट्न नदिन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *