सर्वदलीय बै‍ठकमा उठ्यो पूर्वराजालाई कारबाही गर्नुपर्ने माग

डिसी नेपाल
१७ चैत २०८१ २१:०२
2.0k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाही गर्नुपर्ने आवाज उठेको छ।

सिंहदरबारमा जारी बैठकमा नेपाल समाजवादी पार्टी, नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा शाहलाई कानुनी कारबाही गर्नुपर्ने धारणा राखेका हुन्।

चैत १५ गते पूर्वराजाकै उक्साहट र निर्देशनमा हिंसात्मक प्रदर्शन भएको भन्दै उनले कारबाही गर्नुपर्ने धारणा राखेका हुन्। उनले पूर्वराजाका गतिविधिले सीमा नाघेको टिप्पणी समेत गरेका छन्।

‘पूर्वराजालाई अब समय दिन सकिँदैन। दलहरूले यो विषयमा एउटा सहमति बनाएर आवश्यक संवैधानिक कानुनी कारबाही अघि बढाउनुपर्छ,’ उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *