सांसद पद निलम्बन फुकुवा गर्न सभामुखलाई रविको आग्रह

डिसी नेपाल
१९ चैत २०८१ १२:०५
268
Shares

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गर्न माग गरेका छन्।

मंगलबार सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग भेटेर लामिछानेले आफूमाथि लगाइएको निलम्बन फुकुवा गर्न माग गरेका हुन्।

उनले राजनीतिक प्रतिशोधका आधारमा सांसद पद निलम्वन गर्न नियोजित रुपमा आफूमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा लगाएको भन्दै निलम्बन फुकुवा गर्न आग्रह गरिएको बताए।

उनले सम्पती शुद्धीकरणसम्बन्धी मुद्दा अदालतमा टेकाएकै भरमा सांसद पद निलम्वन हुने कुराले सदनलाई नै असर गर्ने देखिएको जिकिर गरे। मुद्दा दर्ता गर्ने र सांसद पद निलम्वन हुने बिषय राजनीतिक हतियारका रुपमा प्रयोग हुनसक्ने देखिएकाले आफू सचेत रहेको सभामुखले बताएको लामिछानले बताए।

उनले पर्सामा आफूमाथि मुद्दा नियोजित रुपमा अड्काएर राखेको बताए।

कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ७ गतेदेखि स्वतः निलम्बनमा परेको थियो।

संघीय संसद सचिवालयले पुस ८ गते सूचना निकालेर लामिछानेको पद निलम्बनमा परेको उल्लेख गरेको थियो। रास्वपाले संसदको नियमावलीअनुसार आफ्नो सभापतिलाई सांसदबाट निलम्बन गर्न नमिल्ने दाबी गर्दै आइरहेको छ। सोही विषयमा रास्वपाले यसअघि पनि सभामुख घिमिरेलाई भेटेर ध्यानाकर्षण गराइसकेको छ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *