कोशी प्रदेश प्रिमियर लिगमा ७ लाख नाफा

डिसी नेपाल
२० चैत २०८१ १९:०४
32
Shares

धरान (सुनसरी)। कोशी प्रदेश प्रिमियर लिगको आयव्यय सार्वजनिक गरिएको छ। धरानको एन्फा एकेडेमीमा आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश फुटबल संघका कोषाध्यक्ष आनन्द चौधरीले लिगको आयव्यय सार्वजनिक गरेका हुन्।

सार्वजनिक गरिएको आयव्यय अनुसार कोशी प्रदेश प्रिमियर लिगबाट रु ६ लाख ९० हजार नाफा भएको छ। कोषाध्यक्ष चौधरीका अनुसार लिग सञ्चालन गर्दा रु ३६ लाख ६७ हजार सहयोग जुटेको थियो भने रु २९ लाख आठ हजार खर्च भएको थियो। लिग सञ्चालन गर्न कोशी प्रदेश सरकारको रु २० लाख तथा अखिल नेपाल फुटबल संघ (एन्फा)को रु १५ लाख खर्च भएको थियो।

यसैगरी गोर्खा ब्रुअरीबाट रु ५० हजार, रेडबुलबाट रु ५० हजार, धरानका पूर्व खेलाडीहरुबाट रु ३७ हजार तथा अन्य दाताबाट रु ३० हजार जुटेको थियो। नगद पुरस्कारमा रु सात लाख ६५ हजार, पहाडी जिल्लाका क्लबलाई तयारी खर्चवापत रु चार लाख २० हजार, तराईका जिल्लालाई विशेष तयारीवापत रु दुई लाख तथा रेफ्रिलगायतमा रु तीन लाख ५० हजार खर्च भएको कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले बताए।

कोशी प्रदेश प्रिमियर लिग गत माघ २८ गतेदेखि फागुन ८ गतेसम्म धरान उपमहानगरपालिका–१६ स्थित रंगशालामा सञ्चालन भएको थियो। लिगमा कोशी प्रदेशका ११ क्लबको सहभागिता रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *