माइतीघरमा कुलमान घिसिङको पक्षमा प्रदर्शन
काठमाडौं। कुलमान घिसिङलाई अपमानित ढंगले विधुत प्राधिकरणबाट बर्खास्त गरेको भन्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ।
बिभिन्न संघसंस्थाहरुले कुलमान घिसिङ पुनर्वहाली संघर्ष आन्दोलन समिति बनाएर कुलमानको पक्षमा आइतबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्। उनीहरुले उज्यालो नेपालका नायक कुलमानलाई बिचौलियाको सेटिङमार्फत हटाएको आरोप लगाएका छन्।
प्रदर्शनकारीहरुले प्रधानमन्त्री र ऊर्जामन्त्रीको राजीनामा माग गरेका छन्। सांस्कृतिक भेषभुषाका साथै बाजागाजासहित प्रदर्शनकारीले कुलमानको पक्षमा नारावाजी गरेका थिए। प्रदर्शनकारीले देशको शान कुलमान घिसिङ लेखिएको प्लेकार्डका साथै टिसर्ट लगाएका थिए। घाटामा गएको संस्थालाई फाइदामा पुराएर कुलमानले के अपराध गरे भन्दै उनीहरुले सरकारलाई प्रश्न गरेका थिए।
सिंहदरबार र बालुवाटारमा बसेर भ्रष्ट बिचौलियाको कुरा सुनेर कुलमानलाई हटाइएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका थिए। उनीहरुले कुलमानको पुनर्वहालीको माग गर्दै निरन्तर आन्दोलन गर्ने चेतावनी दिएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment