बन्दुकसहित एक जना पक्राउ

डिसी नेपाल
२५ चैत २०८१ १२:३१
704
Shares

धनकुटा । भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।

छथरजोरपाटी गाउँपालिका–३ करून्जेबाट एकनाले भरूवा बन्दुक एक थानसहित एक जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा सोही गाउँपालिका–४ तेलिया बस्ने २८ वर्षीय रामकृष्ण लिम्बुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी जोरपाटी बजारबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *