मुखमा कालो मास्क लगाएर शिक्षक प्रदर्शन (तस्बिरहरू)
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकले शैक्षिक हडताल गर्दै काठमाडौंमा प्रदर्शन जारी राखेका छन्। शिक्षकले सोमबार काठमाडौंको बबरमहल–माइतिघर क्षेत्रमा मुखमा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका छन्।
काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडतालसमेत गरेको छ।
आन्दोलित शिक्षकले शिक्षा क्षेत्रको सुधारका लाग विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने एकसुत्रीय माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताउँदै आएका छन्।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment