अदालतको आदेशलाई सम्मान छ : रवि

डिसी नेपाल
२५ चैत २०८१ १४:५९
2.8k
Shares

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने कारागार चलान हुँदै अदालतको आदेशलाई सम्मान रहेको प्रतिक्रिया दिएका छन्।

सहकारी ठगी र संगिठत अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेशलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले उल्टाउँदै थुनामा पठाउने आदेश गरेसँगै उनलाई पक्राउ गरेर पूर्पक्षका लागि थुनामा पठाइएको हो।

यस क्रममा रविलाई एक सञ्चारकर्मीले ‘अदालतको आदेशमा केही भन्नु छ ?’ भन्दै प्रश्न गरेकोमा उनले भनेका थिए,‘केही भन्नु छैन, सम्मान छ।’

जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय र लामिछाने दुवैले उच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिएका थिए।

उच्च अदालतको आदेशपछि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराएर पूर्पक्षका लागि जिल्ला कारागार भैरहवामा चलान गरिएको रुपन्देही प्रहरीले जनाएको छ।

उनी बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा रवि शुक्रबार राति बूढानीलकण्ठस्थित निवासबाट पक्राउ परेका थिए।

उनलाई चैत २३ गते नै यति एअरलाइन्सको विमानमार्फत बिहान ९:१२ बजे गौतमबुद्ध विमानस्थल अवतरण गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *