तीनकुने घटनाबारे संसदीय समितिले गृहमन्त्रीसँग छलफल गर्ने

डिसी नेपाल
२९ चैत २०८१ ७:२३
36
Shares

काठमाडौं । संघीय संसदको एक समितिले गृह मन्त्री रमेश लेखकसँग सोधपुछ गर्ने भएको छ।

कानुन, न्याय तथा मानव अधिकार समितिले गृह मन्त्री लेखकसँग चैत १५ गते भएको राजावादीहरूको प्रदर्शनका बारेमा सोधपुछ गर्ने भएको हो।

समिति सचिवालयका अनुसार २०८१ साल चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा भएका मानवअधिकार उलंघनका विषयहरू माथि माननीय गृहमन्त्रीसँग छलफल हुनेछ। जुन बैठक बिहान ११ बजे बोलाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *