दुर्गा प्रसाईंका अंगरक्षक दिपक खड्का पनि पक्राउ

डिसी नेपाल
२९ चैत २०८१ १२:०९
196
Shares

काठमाडौं । प्रहरीले दुर्गा प्रसाईंसँगै उनका अंगरक्षक दिपक खड्कालाई पनि झापाको भद्रपुरबाट पक्राउ गरेको छ।

प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यका अनुसार प्रसाईं र खड्कालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईंलाई प्रहरीले पक्राउ गरेर काठमाडौं ल्याउँदैछ। १५ चैतको प्रदर्शनका नाममा हिंसा भड्काएर उनी फरार रहेका थिए।

उनीहरूलाई आजै बिहान काँकडभिट्टा नाका हुँदै नेपाल ल्याइएको छ। उनीहरू भारतको आसाम राज्यमा बिहीबार पक्राउ परेका थिए।

अब झापास्थित भद्रपुर विमानस्थलबाट उनीहरूलाई फ्लाइटमा काठमाडौं ल्याइने प्रहरीले जनाएको छ।

१५ चैतमा तीनकुनेमा भएको हिंस्रक राजाबादी आन्दोदनका उनी मुख्य कमाण्डर हुन्। उक्त प्रदर्शनमा दुई जनाले ज्यान गुमाएका थिए। त्यस लगत्तै प्रसाई फरार भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *