चेन्नई सुपर किंग्सको कप्तानी फेरि पनि धोनीले नै गर्ने
काठमाडौं । चेन्नई सुपर किंग्सका कप्तान रुतुराज गायकवाड चोटका कारण आइपीएलबाट बाहिरिएका छन्। अब उनको स्थानमा चेन्नईका पूर्व कप्तान महेन्द्र सिंह धोनीले नै कप्तानी गर्नेछन्।
समाचार एजेन्सी एएनआई र पीटीआईका अनुसार गायकवाड कुहिनाको चोटका कारण सम्पूर्ण प्रतियोगिताबाट बाहिरिएका छन्।
चेन्नईका बाँकी खेलहरूमा एमएस धोनीले कप्तानी सम्हाल्नेछन्। चेन्नई सुपर किंग्सका प्रशिक्षक स्टीफन फ्लेमिङले बिहीबार यो कुराको पुष्टि गरे।
अहिलेसम्म चेन्नईले पाँच खेलमध्ये एउटा मात्र खेल जित्न सकेको छ। दश टोलीको सूचीमा चेन्नई नवौं स्थानमा छ।
आईपीएलको २५ औं खेल शुक्रबार चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीच हुनेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment