रविलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चद्वारा कैफियत प्रतिवेदन माग

डिसी नेपाल
३१ चैत २०८१ १६:४४
4.8k
Shares

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले दायर गरेको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ।

लामिछानेका तर्फबाट गत शुक्रबार उनकी श्रीमती निकिता पौडेलले रविलाई थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै सर्वोच्चमा निवेदन दर्ता गराएकोमा आइतबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको हो। लामिछाने हाल भैरहवा कारागारमा छन्।

प्रतिवेदन पेश भएपछि सर्वोच्चमा उच्च अदालतले दिएको आदेशमाथि छलफल हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *