लघुकथा : औपचारिकता

भूमिका गैरे, तिमिल्सिना
६ वैशाख २०८२ ६:५५
92
Shares

`अस्मितालाई कत्रो ठूलो बज्रपात पर्यो?´ उसको श्रीमानको मृत्युप्रति साइली दिदीले सहानुभूति बाढ्दै भनिन्।

अस्मिता केवल रोइ मात्र रही। केही बोलिन। सुझाव दिँदै उनले पुन: थपिन्, `यस्तो त आफू खाने शत्रुलाई पनि नपरोस्। तीन-तीन जना छोराछोरी कसरी पाल्छे? बरु नानी, तँ जागिर गर्। पढेलेखेको के काम?´

गाउँपालिकामा कर्मचारी आवश्यकता परेको सूचना उसले थाहा पाई। साहिली दिदीको सुझाव शिरोधार्य गर्दै उसले जागिरको लागि आवश्यक कागजपत्रसहित् निवेदन हाली। उसको नागरिकतामा श्रीमानको थर ‘लम्साल’ थियो तर उसको प्रमाणपत्रहरूमा माइतीको थर ‘पौडेल’ थियो। यसै विषयमा कर्मचारी र ऊ बीचमा ठूलै विवाद पर्यो।

अस्मिताले विवाह दर्ताको प्रमाणपत्र पेश गरी र कर्मचारीको मुखमा बुझो लगाई।

लिखित र मौखिक परीक्षामा राम्रो अंक ल्याएर पास गरी। अन्तर्वार्ता राम्रो भयो। ऊ ढुक्क भई तर नतिजा आउँदा उसको नाम फेला परेन।
ऊ आक्रोशित भई।

गाउँपालिका पुगेर हाकिमसँग ठाडै प्रश्न गरी, `मेरो भन्दा कम अंक आएको मानिसलाई किन नियुक्ति गरियो? आखिर किन?´

हाकिमले सहजै भने,`उहाँ त ठूलै नेताको भानिज पर्नु हुँदो रहेछ।´


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *