वैदेशिक रोजगार ऐनलाई संशोधन प्रक्रिया सुरु भइसक्यो : मन्त्री भण्डारी

डिसी नेपाल
४ वैशाख २०८२ १४:५१
284
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार ऐनलाई संशोधन गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिएका छन्।

बिहीबार सिंहदरबारमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिसँगको छलफलका क्रममा मन्त्री भण्डारीले वैदेशिक रोजगार ऐनलाई संशोधन गर्नेसम्बन्धी विधेयकलाई संघीय संसदको अवको अधिवेशनमा प्रस्तुत गर्ने गरि तयारी भइरहेको जानकारी दिएका हुन्।

उनले सकेसम्म अवको अधिवेशनबाटै वैदेशिक रोजगार ऐनलाई संशोधन गर्ने कानुन पारित गरिने जिकिर गरे। वैदेशिक रोजगार ऐनका लागि कार्यदलले छलफल सुरु गरेको अवस्थामा समयसापेक्ष सुधार गर्दै अघि बढ्ने उनले बताए।

मन्त्री भण्डारीले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित बनाउने जिम्मेवारी स्वयं व्यवसायीहरूको भएको उल्लेख गरे।

वैदेशिक रोजगार व्यवसायीले इमान्दारीताका साथ व्यवसाय गरे सरकारलाई पनि सहजीकरण गर्न सहज हुने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *