भुटानी शरणार्थीलाई देश निकाला नगर्न सर्वोच्चको आदेश

डिसी नेपाल
४ वैशाख २०८२ १७:२२
632
Shares

काठमाडौं। सर्वोच्च अदालतले अमेरिकाबाट डिपोर्ट भई भुटान हुँदै नेपाल छिरेर चार शरणार्थीलाई देश निकाला नगर्न आदेश दिएको छ।

न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले हाल झापामा थुनामा रहेका अशोक गुरुङ, सन्तोष दर्जी, रोशन तामाङ र आशिष सुवेदीलाई नेपालबाट निकाला नगर्न आदेश दिएको हो।

सर्वोच्चले उनीहरुलाई वैशाख ११ गते इजलासमा पेस गर्न आदेश दिएको छ। थुनामा रहेका भुटानी शरणार्थीलाई थुनामुक्त गर्न माग गर्दै नारायणकुमार सुवेदीले बन्दी प्रत्यक्षीकरणको रिट दिएका थिए।

डिपोर्ट भएपछि भारत हुँदै भुटान पुगेकोमा भुटानले देश निकाला गरेको थियो। त्यसपछि नेपाल आइपुगेका उनीहरूलाई अध्यागमन कार्यालयले देशबाट निष्काशन गर्ने निर्णय गर्दै नियन्त्रणमा लिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *