रास्वपाको महाधिवेशन फागुन ७ देखि ९ सम्म चितवनमा हुने

डिसी नेपाल
४ वैशाख २०८२ १८:४७
276
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन २०८२ फागुनमा हुने भएको छ। आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले २०८२ फागुन ७ देखि ९ गतेसम्म चितवनमा गर्ने निर्णय गरेको हो।

वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले महाधिवेशनको मिति र कार्यतालिका सर्वसम्मत रूपमा पारित गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

उनका अनुसार जसका लागि २०८२ असोज भित्र वडा अधिवेशन, कार्तिकभित्र पालिका अधिवेशन, मङ्सिरभित्र जिल्ला अधिवेशन र माघ १५ भित्र प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्ययोजनासमेत तय गरेको छ।

उनका अनुसार तलबाट सुरू गरिएका अधिवेशनहरू सम्पन्न भएपछि फागुन ७–९ मा राष्ट्रिय महाधिवेशन आयोजना गरिनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *