रास्वपाले तोक्यो ७ वटै प्रदेशका लागि इन्चार्ज
काठमाडौं। आगामी फागुनमा महाधिवेसन गर्ने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीले प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको छ।
बनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले सर्वसम्मत रूपमा प्रदेश इन्चार्जहरूको जिम्मेवारी तोकिएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।
उनका अनुसार कोशी प्रदेशमा सन्तोष परियार, मधेस प्रदेशमा मनीष झा, बागमती प्रदेशमा लीमा अधिकारी, गण्डकी प्रदेशमा शिशिर खनाल, लुम्बिनी प्रदेशमा विपिनकुमार आचार्य, कर्णाली प्रदेशमा गणेश पराजुली र सुदूरपश्चिम प्रदेशका लागि हरि ढकाललाइ जिम्मेवारी तोकिएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment