संघीय संसदका तीन समितिको बैठक बस्दै

डिसी नेपाल
५ वैशाख २०८२ ६:४६
76
Shares

काठमाडौं। संघीय संसद अन्तर्गतका ३ वटा समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालय सिंहदरबार परिसरमा उक्त बैठक बस्ने जनाइएको छ।

जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ। जुन बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिको मस्यौदा बार्षिक प्रतिबेदन, २०८१-८२  माथि छलफल हुनेछ।

उता, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल हुने जनाइएको छ। जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ।

साथै, विधायन व्यवस्थापन समितिको बैठक भने दिउँसो १ः०० बजेवाट सुरू हुनेछ। जुन बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरूको सम्बन्धमा छलफल हुने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *