एमाले निकट भुतपूर्व सैनिक-प्रहरी संगठनको अध्यक्षमा पुनः विनोद पाण्डे चयन

डिसी नेपाल
५ वैशाख २०८२ १०:५०
280
Shares

काठमाडौं। नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) को अध्यक्षमा पुनः विनोद पाण्डे सर्वसहमत रूपमा  चयन भएका छन्।

काठमाडौंमा बिहीबार राति सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनले नेपाली सेनाका अवकाश प्राप्त जर्नेल पाण्डेलाई पुनः अध्यक्षमा सर्वसममत चयन गरिएको हो।

महाधिवेशनले उपाध्यक्षमा क्याप्टेन लालकाजी गुरुङ, महासचिवमा मदन केसी र उपमहासचिवमा तीर्थराज घिमिरे चयन गरेको छ भने सचिवहरूमा (संगठन विभाग) मा केदारप्रसाद देवकोटा, सचिव (विदेश विभाग) मा नारायणबहादुर श्रेष्ठ, सचिव (प्रचार विभाग) मा ध्रुवराज कार्की र सचिव (अर्थ) मा चन्द्रकुमार महतरा निर्वाचित भएका छन्।

महाधिवेशनबाट ६ वटा आयोगले पनि नेतृत्व पाएको छ। जसअनुसार लेखा आयोग अध्यक्षमा मनोहरि कार्की, अनुशासन आयोगमा मिठाराम केसी, भेटरन कमिटी आयोगमा पुष्पराम केसी, सुरक्षा तथा स्वयंसेवक आयोगमा उद्धव रावल, निर्वाचन आयोगमा सुधीर थापा र सल्लाकार आयोगमा रवीन्द्र कार्की निर्वाचित भएका छन्।

महाधिवेशनले पदाधिकारीसहित ९९ सदस्यीय कमिटी गठन भएको छ। महाधिवेसनको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *