आन्दोलनरत शिक्षकलाई प्रधानमन्त्रीले बोलाए छलफलमा

डिसी नेपाल
५ वैशाख २०८२ १८:१८
924
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकलाई छलफलका लागि बोलाएका छन्। आन्दोलन जारी रहेको १७औं दिनमा आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिलाई प्रधानमन्त्री ओलीले छलफलमा बोलाएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ ७ बजे छलफलमा डाकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीले छलफलमा बोलाएसँगै शिक्षक महासंघका पदाधिकारी र आन्दोलन परिचालन समितिका पदाधिकारी छलफलमा जुटेका छन्।

आन्दोलनको समीक्षा र थप रणनीति तय गर्न बैठक बसेको आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुलीले जानकारी दिएकी छन्। प्रधानमन्त्रीले बोलाएको बैठकका कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि निर्णय लिइने उनले बताइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *