धनगढीमा जारी क्रिकेटमा सायल गाउँपालिका बिजयी

डिसी नेपाल
७ वैशाख २०८२ ६:४९
28
Shares

धनगढी। फाप्ला किक्रेट मैदानमा जारी टीम इलाभेन संस्कार क्रिकेट लिग सिनियर प्रतियोगिता अन्तरगत शनिबार सम्पन्न खेलमा सायल गाउँपालिका विजयी भएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको सायल गाउँपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३४ रन जोडेको थियो।

सायलका अभिषेक कोइरालाले ३४ रन जोडे। बलिङमा धनगढीका नवीन विक, कुशल धामी, सन्दिप कार्की र कैलास माझिले समान २ र २ विकेट लगेका थिए।

एक सय ३५ रनको लक्ष्य पच्छ्याएको टीम धनगढी १६ दशमलव १ ओभरमा अलआउट हुँदै ९२ रनमा समेटियो। धनढीका लभ माझिले २३ रन बनाउनु बाहेक अन्य ब्याटरको कमजाेर रह्यो। सायलका किरन चन्दले ३ तथा अभिषेक काेइरालाले २ विकेट हात पारेका थिए।

प्रतियोगिता अन्तरगत आइतबार उत्तर त्रिशुल र संस्कार विद्याश्रम तथा आवर ड्रिम सक्कसेस ट्रेनिङ् सेन्टर र सायल गाउँपालिका विच खेल हुने छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *