कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

डिसी नेपाल
७ वैशाख २०८२ १७:०४
388
Shares

काठमाडौं । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाएका छन्।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार खड्कालाई सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) अनुसार कार्यवाहकको जिम्मेवारी दिएका हुन्।

सभापति देउवा स्वास्थ्योपचारका लागि आज थाइल्यान्ड प्रस्थान गरेका छन्। देउवाले आफू नफर्किन्जेलसम्मका लागि खड्कालाई कार्यवाहक तोकेको मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *