कक्षा १२ को परीक्षामा सहभागी नहुन शिक्षकहरूलाई महासंघको निर्देशन
काठमाडौं । नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षामा सहभागी नहुन शिक्षकहरूलाई निर्देशन दिएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गर्दै कक्षा १२ को परीक्षामा सहभागी नहुन शिक्षकहरूलाई निर्देशन दिएका हुन्।
‘काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलनको यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै प्रअ तथा शिक्षक-कर्मचारी साथीहरूमा जोडदार आग्रह गर्दछौँ, ‘ विज्ञप्तिमा उल्लेख छ।
२०८२ वैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा समेत केन्द्राध्यक्ष, निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीमा महासंघले अपील गरेको हो।
उनहरूले तत्काल शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण पनि गराएका छन्। अहिलेको आन्दोलन शिक्षा ऐन जारी गरी उचिव व्यवस्थापन र गुणस्तर विकासका लागि भएको महासंघको दाबी छ।
महासंघले आन्दोलनलाई सहयोग गर्न विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, पालिका तथा शैक्षिक सरोकारवाला निकायलाई विज्ञप्तिमार्फत आग्रह गरिएको छ।

No ads found for this position



डिसी नेपाल
Facebook Comment