गभर्नर सिफारिस समितिबाट भट्टराईले दिए राजीनामा

डिसी नेपाल
९ वैशाख २०८२ १६:५७
428
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकका लागि गभर्नर छनोट थप पेचिलो बन्दै गएको छ।

गभर्नर सिफारिस समितिका सदस्य तथा पूर्व गभर्नर विजयनाथ भट्टराईले असन्तुष्टी जनाउँदै आज राजीनामा दिएका छन्।

मन्त्रिपरिषद्ले गत चैत ११ गते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठन गरेको सिफारिस समितिमा पूर्व गभर्नरका रूपमा भट्टराईसहित विश्व पौडेल सदस्यको जिम्मेवारीमा थिए।

एक महिनासम्म एउटा बैठकसमेत बस्न नसकेको भन्दै उनले राजीनामा दिएको बताएका छन्। समितिको भूमिकालाई नजरअन्दाज गरिएको भन्दै उनले असन्तुष्टी जाहेर गरिरहेको अवस्थामा उनको राजीनामा आएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *