ब्राजिलका फुटबलर कार्लोस जेभिर्यस कलेजमा
काठमाडौं। ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोस कालोपुलस्थित जेभिर्यस इन्टरनेशनल कलेज पुगेका छन्।
नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनको खेल हेर्न काठमाडौं आएका कार्लोस आज सो कलेजमा पुगेर विद्यार्थीसँग अन्तरक्रिया पनि गरेका हुन्। उनलाई कलेजका सञ्चालक लोकबहादुर भण्डारी, गोपाल भण्डारीलगायतले स्वागत गरेका थिए।
सञ्चालक भण्डारीले अध्यापन र खेलकुद सधैँ आफ्नो प्राथमिकतामा पर्ने भएकाले कार्लोसको आगमनले आफूहरु हर्षित भएको बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment