‘यूथ सेलिब्रेशन’को तयारी पुराः एमाले

डिसी नेपाल
१० वैशाख २०८२ १९:२५
244
Shares

काठमाडौं। नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजना गर्ने ‘यूथ सेलिब्रेशन’ विशेष कार्यक्रमको तयारी पुरा भएको जनाएको छ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एमालेले लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको रूपमा काठमाडौंको भृकुटीमण्डपमा बिहीबार दिउँसो १ बजेबाट यूथ सेलिब्रेसन गर्न लागेको र कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो।

उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको ४० वर्ष मुनिका युवा परिचालनको जिम्मा पाउनु भएका युवा संघका अध्यक्ष क्षितिज थेबेले जानकारी दिनुभयो । उहाँले सो कार्यक्रममा सहभागी हुन देश भरका युवाहरू आउने क्रम सुरु भइसकेको बताए। कार्यक्रममा एमालेका ४० वर्ष मुनिका युवाहरूको ऐतिहासिक सहभागिता हुने उहाँले जानकारी दिए। कार्यक्रममा देशभरबाट १ लाख युवाले सहभागिता जनाउने उनले बताए।

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी र महासचिव शंकर पोखरेलले संक्षिप्त मन्तव्य राख्नेछन्। बाँकी सबै वक्ताहरू युवा हुने छन्। विभिन्न उमेर समूहका युवाहरूले कार्यक्रमलाई सम्बोधन गर्ने एमालेले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *