आज राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै

डिसी नेपाल
११ वैशाख २०८२ ७:१७
48
Shares

काठमाडौं। राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ।

आज दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। मुलुकको पछिल्लो राजनितिक घटनाक्रम, आन्दोलनको तयारी र पार्टीको भूमिका तथा सांगठानिक गतिविधिका बारेमा छलफल हुने बर्तौलाले जानकारी दिए।

उनले भने, आजको बैठकमा केही महत्त्वपूर्ण बिषयमा छलफल हुनेछ, अध्यक्ष कमल थापाले पछिल्लो परिस्थिति र भाबि योजना बारे खाका सहित धारणा राख्नुहुनेछ।” तीनकुने घटना र सो घटनाको आधारमा पक्राउ परेका आस्थाका बन्दिहरुको रिहाईको बारेमा समेत बैठकमा छलफल हुने बताइएको छ।

तीनकुने घटनाको बारेमा निष्पक्ष न्यायिक छानबिन आयोग गठन नभएकोमा पार्टी असन्तुष्ट समेत रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *