एमालेको ‘यूथ सेलिब्रेसन’मा जुट्दै युवाहरू
काठमाडौं । नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा आज काठमाडौंमा आयोजना गरेको युवा महोत्सवमा युवा भेला हुने क्रम जारी छ।
देशै भरबाट काठमाडौं आएका युवा भृकुटीमण्डपमा जम्मा हुने क्रम सुरु भएको हो। एमालेले लोकतन्त्र दिवसलाई जनताले जितेको दिन, यूथ सेलिब्रेसनको रूपमा मनाउँदै छ। कार्यक्रममा सहभागी हुन काठमाडौंका विभिन्न स्थलमा जम्मा भएका युवाहरू लोकतन्त्रको पक्षमा नारा लगाउँदै भृकुटीमण्डप जाने क्रम जारी छ।

सो अवसरमा आज भृकुटीमण्डपमा हुने विशेष कार्यक्रममा १ लाख युवा सहभागी हुने राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेको दाबी छ। कार्यक्रमलाई एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शंकर पोखरेल र विभिन्न उमेर समूहका युवा नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
महोत्सवलाई एमालेबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलका साथै युवा र विद्यार्थी नेताले सम्बोधन गर्ने छन्। कार्यक्रममा विभिन्न कन्सर्ट, झाँकी, नृत्य र गीतहरू समेत प्रस्तुत हुँदै छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment