आवश्यक परे सरकारबाट बाहिरिन पनि सक्छौं : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस समस्याबाट नभाग्ने र भागेर नहुने बताएका छन्। लोकतन्त्र दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा महामन्त्री थापाले यस्तो कुरा बताएका हुन्।
उनले अहिले सरकारमा जानु कांग्रेसको बाध्यता भएको बताएका छन्। उनले भने, ‘हामीले समस्याको कुरा मात्रै गरेर हुँदैन समाधान पनि दिनुपर्छ। आज हामी बाध्यतामा छौं, एक्लै छैनौं। सरकारमा छौं। कतिपय हामीले कम्प्रमाइज गरेका छौं। तर, आधारभूत कुरामा हामी कम्प्रमाइज गर्दैनौं।’
उनले कांग्रेस शिक्षक आन्दोलन, निजामती कर्मचारीलगायतको आन्दोलनको विषयमा जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने बताएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment