मधेस प्रिमियर लिगको उपाधि मिथिला वारियर्सलाई

डिसी नेपाल
११ वैशाख २०८२ २०:०५
204
Shares

राजविराज (सप्तरी)। राजविराजमा आज सम्पन्न तेस्रो संस्करणको मधेस प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि मिथिला वारिर्यसले जितेको छ। फाइनल खेलमा मिथिला वारियर्सले बलानबिहुललाई ५ विकेटले पराजित गरेको हो। विजेता मिथिलाले रु ९ लाख एक हजार तथा उपविजेता बलानबिहुले रु ४ लाख एक हजार पुरस्कार प्राप्त गरे।

टस जितेर पहिला ब्याटिङ गर्दै बलानबिहुले १९ दशमलव ३ ओभरमा सबै बिकेट गुमाएर १५३ रन बनायो। एक सय ५४ रनको विजयी लक्ष्य मिथिला वारियर्सले १८ दशमलव ३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।

बलानबिहुका लागि विवेक यादवले सर्वाधिक ४५ रन बनाए। यस्तै लोकेश बमले ४१, सुजन थपलियाले २८ तथा फिर्दोष अन्सारीले १५ रन बनाए। बलिङतर्फ मिथिला वारियर्सका वसन्त खत्रीले तीन, शेर मल्ल र कुशल भुर्तेलले दुई दुई तथा नन्दन यादवले एक विकेट लिए।

यसैगरी मिथिलाका लागि कुशल भुर्तेलले सर्वाधिक ५८ रन बनाए। यसैगरी रवि साहले ४४ र बसिर अहमदले २५ रन बनाए। बलिङतर्फ बलानबिहुका विवेक यादव र अरनिको यादवले दुई दुई विकेट लिए। ‘प्लेयर अफ दी म्याच’ मिथिलाका कुशल भुर्तेल घोषित भए।

‘प्लेयर अफ दी सिरिज’ विशाल पटेल (जनकपुर सनराइज), उत्कृष्ट ब्याटर आशिफ शेख (जनकपुर सनराइज) तथा उत्कृष्ट बलर शेर मल्ल (मिथिला वारियर्स) घोषित भएका आयोजक समितिका अध्यक्ष सञ्जिवनारायण यादवले जानकारी दिए। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य आयुष श्रेष्ठलगायतले विजयी खेलाडीलाई पुरस्कार वितरण गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *