क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगे
काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगेका छन्। प्रशिक्षक ल शुक्रबार साँझ एयर इन्डियाको विमानमार्फत काठमाडौं आइपुगेका हुन् ।
नेपाल क्रिकेट संघ क्यानले स्टुअर्टलाई गत चैत १५ गते नेपाली टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघका पदाधिकारीले स्वागत गरे।

५६ वर्षीय लले यसअघि वेष्ट इण्डिज, बंगलादेश, अमेरिका लगायत देशमा मुख्य प्रशिक्षकको रुपमा काम गरिसकेका छन्।
सन् २००९ मा श्रीलंका क्रिकेट टोलीको असिस्टेन्ट कोचबाट आफ्नो प्रशिक्षण यात्रा सुरु गरेका उनी सन् २०११मा बंगलादेशको मुख्य प्रशिक्षक बनेका थिए। यस्तै उनी सन् २०१७ मा दुई वर्षको लागि वेष्ट इण्डिज टोलीको मुख्य प्रशिक्षक रहेका थिए भने सन् २०२२ मा अफ्गानिस्तानको अन्तरिम मुख्य प्रशिक्षक बनेका थिए।
उनी २०२४ मा अमेरिकाको मुख्य प्रशिक्षक समेत रहेका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment