१९ वैशाखमा सरकारले नीति तथा कार्यक्रम ल्याउने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार नेकपा एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै १९ गते नीति तथा कार्यक्रम पेस गरिने जानकारी दिए।
‘१९ गते नीति तथा कार्यक्रम हामी पेस गर्छौँ,’ ओलीले बैठकमा भने,‘ २० गते हामी संसदीय दलको बैठक बस्छौँ। त्यसदिन हामी १९ गते पेस भएको नीति तथा कार्यक्रम सम्बन्धमा दलका नेताहरु र विज्ञहरुसमेतबाट पनि फिडब्याक लिन्छौँ।’
नीति तथा कार्यक्रम अनुसार नै सरकारले बजेट बनाउने गर्दछ। प्रत्येक वर्ष जेठ १५ गते संसद्मा बजेट प्रस्तुत हुन्छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment