शिक्षकको आन्दोलनमा सरकारले दमन गरेको भन्दै संसदमा विपक्षीको विरोध

डिसी नेपाल
१५ वैशाख २०८२ १२:०७

काठमाडाैं। बिपक्षी दलका सांसदहरुले शिक्षकहरुको आन्दोलनका क्रममा सरकारले दमन गरेको भन्दै विरोध गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनीहरुले शिक्षकहरुसंग सहमति गर्नुको साटो उनीहरुमाथि दमन गरिएको भन्दै विरोध जनाएका हुन्।

नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले शान्तिपूर्ण रुपमा धर्ना बसेका शिक्षकहरुमाथि सरकारले दमन गरेको भन्दै भत्र्सना गरे। संविधान निर्माणंसँगै समयमा नै नयाँ ऐन बनाउन नसकेकाले शिक्षकहरु बाध्य भएर आन्दोलनमा आउनुपरेको उनले बताए।

उनले ऐनजारी गर्नुपर्ने शिक्षकहरुको जायज मागलाई सम्बोधन नगरि दमनमा उत्रनु उचित नभएको जिकिर गरे।

त्यस्तै रास्वपा सांसद सुमना श्रेष्ठले शिक्षकहरुमाथि राज्यले गरेको दमनको विरोध गर्दै शिक्षकहरुको जायज मागलाई तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिइन्। उनले बालबालिकाहरुको पढ्ने अधिकार हनन भइरहेको अवस्थामा सरकारले तत्काल निकास निकाल्नुपर्ने बताइन्।

त्यस्तै राप्रपा सांसद रोशन कार्कीले शिक्षक आन्दोलनमा घुसपैठ गराएर सरकारले दमन गरेको आरोप लगाइन्। शिक्षा ऐन पारित गर्दै शिक्षकहरुलाई पठनपाठन गर्ने वातावरण बनाउन उहाले माग गरिन्।

त्यस्तै सांसदहरुले घाइतेहरुको उपचारको व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *