मनमोहन स्मृति क्रिकेटः त्रिभुवन आर्मी फाइनलमा
मोरङ। विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लव विजयी भएको छ।
विराटनगर–१९ वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा सोमबार भएको समुह ए अन्तरगत अन्तिम लिग खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लवले वागमती प्रदेशलाई पाँच विकेटले पराजित गरी फाइनलमा प्रवेश गरेको छ।
आइतबार राति वर्षा भएपछि २६ ओभरमा छोट्याएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वागमतीले २४ दशमलव तीन बलमा सबै विकेट गुमाई ९६ रन बनाएको थियो।
वागमतीका लागि कप्तान सिचिन लेखकले २४, प्रतिक श्रेष्ठले १५ रन र आदिल खानले १० रन बनाए। ९७ रनको सामान्य लक्ष्य पछ्याएको त्रिभुवन आर्मीले १७ दशमलव तीन बलमा पाँच विकेट गुमाई विजयी भयो। आर्मीका निश्चल क्षेत्रीले ४६ रन, हिमांशु दत्तले १८ रन बनाए।
मंगलबार समूह बीको पहिलो लिग खेल आयोजक कोशी प्रदेश र नेपाल प्रहरीको पुलिस क्लबबीच हुने आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिए
No ads found for this position


डिसी नेपाल
Facebook Comment