घरेलु मैदानमा दिल्लीलाई हराउँदै कोलकाता १४ रनले बिजयी

नयाँदिल्ली। आईपीएलको ४८ औँ खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) ले दिल्ली क्यापिटल्स (डीसी) लाई १४ रनले पराजित गरेको छ। दिल्लीको अरुण जेटली स्टेडियममा टोलीले ८ वर्षपछि जित हात पारेको हो। उसको अन्तिम जित २०१७ को सिजनमा थियो।
मंगलबार दिल्लीले टस जितेर बलिङ रोजेको थियो। कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर २०४ रन बनाएको थियो। यो सँगै कोलकाताले २८ औं पटक २०० प्लस बनाउन सफल भएको छ। २०५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनायो। फाफ डु प्लेसिसले ६२, अक्षर पटेलले ४३ र विपराज निगमले ३८ रन बनाउन सफल भएका।
खेलको प्लेयर अफ द म्याच केकेआरका सुनिल नारायण भए। उनले ३ विकेट लिएका थिए। उनले केएल राहुललाई पनि रनआउट गरेका हुन्। वरुण चक्रवर्तीले २ विकेट लिए। अनुकुल रोय, वैभव अरोरा र आन्द्रे रसेलले समान एक-एक विकेट लिए।
अङ्क्रिश रघुवंशीले ४४ र रिंकु सिंहले ३६ रनको योगदान दिए। दिल्लीका मिचेल स्टार्कले ३ विकेट लिएका थिए। दिल्ली क्यापिटल्सः अक्षर पटेल (कप्तान), फाफ डु प्लेसिस, अभिषेक पोरेल, करुण नायर, केएल राहुल (विकेटकीपर), ट्रिस्टन स्टब्स, विप्रराज निगम, मिचेल स्टार्क, कुलदीप यादव, मुकेश कुमार र दुष्मन्थ चमेरा।
कोलकाता नाइट राइडर्सः अजिंक्य रहाणे (कप्तानं), सुनील नारायण, रहमानउल्लाह गुरबाज (विकेटकिपर), भेंकटेश अय्यर, रिंकु सिंह, अङ्क्रिश रघुवंशी, आन्द्रे रसेल, रोभमान पावेल, हर्षित राना, अनुकुल रोय र वरुण चक्रवर्ती।
Facebook Comment