रेशम चौधरी रिहा
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी साढे ४ घण्टापछि रिहा भएका छन्।
सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणा तयारी भइरहेको समयमा कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ परेका चौधरीलाई डिल्लीबजार कारागार लगिएको थियो।
रिहा भएसँगै उनलाई लिन पत्नी रन्जिता श्रेष्ठ पुगेकी थिइन्। कार्यकर्ताहरूले उनको भव्य स्वागत गरेका थिए।
सर्वोच्च अदालतबाट रेशम चौधरीलाई पक्राउ गर्न पत्र जारी भए पनि डिल्लीबजार कारागारलाई पठाएको पत्र आधिकारीक नभएको भन्दै सर्वोच्चले अर्को पत्र पठाएपछि उनी रिहा भएका हुन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment